नेपाली मुलका युवा परमेज श्रेष्ठ अष्ट्रेलियामा संसदको चुनाव लड्दै

आँउदो मे १८ मा हुन गइरहेको अष्ट्रेलियाको संघिय निर्वाचनमा नेपाली मुलका युवा परमेज श्रेष्ठ संसदको उम्मेद्वार बन्ने भएका छन् ।

सत्तारुढ दल लिबरल पार्टीले उनलाई उम्मेद्वार सिफारिस गरेको छ । २६ वर्षीय श्रेष्ठ बार्टन क्षेत्रबाट उम्मेद्वार बन्ने भएका हुन् ।

लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले परमेशलाई उम्मेदवारको लागि सिफारिस गरेको बताइएको छ ।

अष्ट्रेलियाको संघिय निर्वाचनमा उम्मेद्वार सिफारिस गरिएका उनी नेपाली मुलका पहिलो युवा हुन् ।

नेपालको नवलपरासी जिल्लामा जन्मिएका उनी सानै उमेरदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । मिस्टर नेपाल ओसिनियासमेत भएका परमेज पीजे श्रेष्ठको नामले चिनिन्छन् ।

आफूलाई उम्मेदवारको लागि सिफारिस गरेकोमा लिबरल पार्टीलाई धन्यवाद व्यक्त गर्दै उनले नेपालीहरुको बाक्लो बस्ती भएको क्षेत्र भएकाले चुनाव जित्ने आशा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here