राती अबेरसम्म निद्रा लाग्दैन ? यी खानेकुरा खानुहोस्

काठमाडौं । नेपालमा गर्मीयाम सुरु भएको छ । गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ ।

विशेषगरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् ।

गर्मीको समयमा धेरै पटक खाना खानाले असजिलो महसुस हुनुका साथै राम्रोसँग निद्रा नलाग्न सक्छ । गर्मीमा राति खाँदा स्वास्थ्यमा लाभ पुग्ने खाद्यपदार्थबारेमा जानिराख्नुपर्छ । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ ।

लौका
गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ । शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

काँक्रो
काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानासँग सेवन गर्नु राम्रो हुन्छ । काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्नुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

फर्सी
फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य समावेश गर्नुहोस् । फर्सीको सेवनले शरीरमा ब्लड सुगर पनि नियन्त्रण हुन्छ ।

घिरौंला
घिरौंला गर्मी महीनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई तरकारीको रूपमा खानाले पाचनक्रिया राम्रो हुनुका साथै पेटसम्बन्धी समस्यामा सुधार ल्याउँछ ।

उसिनेको आलु
गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले राम्रो गर्छ । आलुमा कार्बोहाइड्रेट हुन्छ, जसलाई पचाउन सजिलो हुनुका साथै गर्मीसँग लड्न पनि सहयोग पुर्‍याउँछ । यसको सेवनले निद्रा पनि राम्रोसँग लाग्छ ।

दही
दहीमा प्रशस्त मात्रामा पोषक तत्त्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटसम्बन्धी समस्या हुँदैन । दहीको सेवनले शरीर शीतल बन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here