शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं, २५ चैत । प्रहरीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । कालोबजारी गरेको आरोपमा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको हो।

उनलाई ५ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here