कोरोना संक्रमित बिरामी ओसारपसार गर्न ‘नास’ र सीसीएमसीबीच सम्झौता

काठमाडौं, २५ चैत । नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ ।

साझेदारी पत्रत्रमा सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले हस्ताक्षर गरेका छन्

उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमारहेको थियो ।

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ ।

यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ ।

साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here