कोरोनाबाट मर्नेको संख्या अहिलेसम्मकै उच्च, अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए

काठमाडौं, २६ चैत । मंगलबार कोरोना भाइरसबाट एकैदिन विश्वभर मर्नेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ।

मंगलबार एकैदिन विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ हजार ३ सय २४ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्वभर ७९ हजार ८ सय ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

मंगलबार सबैभन्दा बढीको मृत्यु अमेरिकामा रहेको छ । संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ।

त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो। अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ। अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ।

स्पेनमा मंगलबार ५ हजार २ सय ६७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन स्पेनमा कोरोनाका कारण ७ सय ४ जनाले ज्यान गुमाएका छन्। इटालीमा मंगलबार कोरोना संक्रमणबाट ६ सय ४ जनाको मृत्यु भएको छ, जहाँ ३ हजार ३९ जना नयाँ बिरामी देखिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here