पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड, ७७ हजारलाई थप १० कित्ता

काठमाडौं, २६ चैत । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बुधबार बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो।

आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो भने बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ ।

मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् ।

साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् ।

कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समर्गमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here