भारतमा कोरोनाले १४ महिने बच्चाको मृत्यु, एक हप्तामा संक्रमितको संख्या दोब्बर

काठमाडौं, २६ चैत । भारतमा कोरोना भाइरसका कारण १४ महिने बच्चाको पनि मृत्यु भएको छ।

गुजरातको जामनगर जिल्लामा कोरोना पोजेटिभ देखिएका बालकको मल्टिपल अर्ग्यान फेलियर भएको मृत्यु भएको मंगलवार पुष्टि भएको हो।

यस्तै तेलंगानामा २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनसार भारतमा कोरोनाको कारण मृत्यु हुने अहिलेसम्मकै कम उमेरका व्यक्ति हुन्।

भारतमा संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ७ सय ८९ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृतकको संख्या १ सय २४ पुगेको छ भने उपचारपछि ३ सय ५२ जना स्वस्थ भएका छन्।
पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ। भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here