नेपाल बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, के मा कति ?

काठमाडौं, २६ चैत । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप खातामा दिने ब्याजदर घटाउन थालेका छन् ।

नेपाल बैकर्स संघमा जुटेको सहमति अनुसार वाणिज्य बैंकाहरूले बचत खाता तथा मुद्दती निक्षेपमा दिने ब्याजको सीमा घटाउन शुरु गरेका हुन् ।

नेपालको जेष्ठ बैंक नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। निक्षेपतर्फको सार्वजनिक गरेको नयाँ ब्याजदर २०७७ बैशाख १ गतेदेखि लागु हुने बैंकले जनाएको छ ।

नयाँ ब्याजदर तालिका अनुसार सबैप्रकारका निक्षेपमा एक देखि डेढ प्रतिशत ब्याजदर घटाइएको छ ।

मुद्दती निक्षेपको अधिकतम ब्याजदर सीमा ९.२५ प्रतिशतबाट घटाएर ८.२५ प्रतिशत कायम गरिएको छ । त्यसमध्य संस्थागत निक्षेपको ब्याजदर ८.५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ ।

हेर्नुस के मा कति ब्याज ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here