अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाईम्याद थप गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक रहेका अग्रवाल साढे २४ सयमा किनेको थर्मल गन १५ हजारमा बेच्न खोज्दा पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here