मालिका गाउँपालिकाका ८ स्कुलमा क्वारेन्टाइन, गाउँपालिका छिर्ने सबै अनिवार्य बस्नुपर्ने

गुल्मी, २६ चैत । गुल्मीको मालिका गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईको साथ लागू गरेको छ ।

नेपालमा कोरोना दोस्रो चरणमा प्रवेशगरेसँगै गाउँपालिका प्रवेश गर्ने जो कोहिले पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाई गरेको हो । गाउँपालिकाले ८ वटा स्कुलमा १४५ वेड क्षमताको क्वारेन्टाइन बनाएको छ ।

निर्णय अनुसार बाहिरबाट प्रवेश गर्ने १४ दिन अनिवार्य र स्वस्थ्य अवस्था हेरेर थप ७ दिन क्वारेन्टाइनमा राखिने छ ।

क्वारेन्टाइन स्थालहरु अमरमाविमा १५,नेटादार्लिङमा २०, हाङदी हेमलेमा १५, ठूलीचौरमा १५, छापहिलेमा १०,जमल पोखरामा १०,अर्जेमा २०, देविस्थानमा २० र मालिका मावि सिमलटारीमा २० वटा रहेका छन् ।

साथै एक वडाबाट अर्कोवडामा आवश्यक कामबिना हिडडुल गर्न समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले संकलन गरेको तथ्यांकअनुसार मालिका गाउँपालिकामा ५६ जना भारत तथा अन्यमुलुकबाट आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here