घरबाटै कोरोनाको परामर्श लिने सफ्टवेयरको विकास, यस्ता छन् विशेषता

काठमाडौं, २६ चैत । घरबाटै कोरोनाभाइरसको परामर्श लिने मोबाइल एप र सफ्टवेयरको विकास भएको छ ।

रामलक्ष्मण इनोभेसन्सले कोरोनासम्बन्धी तथा दैनिक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र दिन सकिने सफ्टवेयरको विकास गरेको हो ।

पछिल्लो समय विश्वमा फैलिएको महामारी र त्यसको कारण अन्य विरामीले पनि उपचारमा पनि समस्या भोग्नु परेको कारण उक्त सफ्टवेयरको विकास गरेको रामलक्ष्मणले क्लाउडपत्रिकालाई बताए ।

यो सफ्टवेयर हामीले विश्व मानवजाती नै महामारीसँग लडिरहेको र त्यसले गर्दा अन्य विरामीले पनि आपत पाएका हुनाले विकास गरेका हौ, यो सबैले निशुल्क रुपमा नै प्रयोग गर्न पाउने छन, उनीहरुले भने ।

मुख्यरुपमा लकडाउनका कारण घरमै सीमित हुन पुगेका सर्वसाधारणहरुसँग विज्ञ चिकित्सक र सरकारी अधिकारीलाई जोड्नका लागि एप र सफ्टवेयरले विशेष सहयोग गर्ने उनीहरुको दाबी छ ।

उक्त सफ्टवेयरको प्रयोग गरेर आम सर्वसाधारण, विज्ञ चिकित्सक, सरकारी संयन्त्र लगायतका स्थानीय स्तरसम्मले आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य अवस्था र कहाँ कस्तो विरामीलाई के समस्या परेको हेर्न सक्नेछ ।

यसको विकासमा राम, लक्ष्मण प्रसाद रिमाल, भरत रिमाल, बैकुण्ठ रिमाल, सनम श्रेष्ठ, सिद्धार्थ सापकोटा, मुकेश राई, आयुष सुवेदी लगायतको टिमले काम गरेको थियो ।

यी जुम्ल्याहा दाजुभाइले अनेकौं नयाँ प्रविधीको आविष्कार गरिसकेका छन् । पहिरोको पूर्वसूचना दिने प्रविधि, टोल सुरक्षाका लागि प्रयोग गरिने सामुदायिक साइरन, भोटिङ मेसिन तथा सार्वजनिक यातायातको लागि बहुउपयोगी ‘लेट्स गो’ एप्लिकेशन जस्ता विभिन्न प्रविधिको विकास उनिहरुकोले आविष्कार गरेका हुन् ।

सफ्टवयेरका विशेषताहरु:

विरामीको तर्फबाट

-दैनिक आफ्नो स्वास्थ्यको अवस्था राख्न पाउने र त्यसको दैनिक विवरण बस्ने
– बिरामीको आफ्नो लोकेसन
– यात्रा विवरण
– डाक्टरसँग परामर्श लिन सकिने
– कोरोना सँग सम्बन्धी विवरण हेर्न सकिने
– नेपाल सरकारबाट जारी सूचना हरु प्राप्त गर्न सकिने

डाक्टरको तर्फबाट

– विरामीको पुरानो दैनिक विवरण प्राप्त गरी प्राथमिकता क्रम अनुसारको नामावली देख्न सकिने।
– विरामीले भरेको विवरण बाट सल्लाह प्रदान गर्न सकिने
– संदिग्ध विरामीको विवरण सरकारले तोकेका अस्पताल तथा स्वास्थ संस्थामा दिन सकिने ।

सरकारी अधिकारीको तर्फबाट
– आफ्नो स्थानीय तह अनुसार लकडाउनमा बसेका, संक्रमित जस्ता व्यक्तिहरुको विवरण प्राप्त गर्न सकिने
– नक्शामा समेत संक्रमितलाई ट्रेस गर्न सकिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here