जोन्टा क्लबले बाँड्यो दैनिक ज्याला मजदुरलाई १ हजार प्याकेट खाद्यान्न

काठमाडौं, २६ चैत । जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई १ हजार प्याकेट खाद्यान्न वितरण गरेको छ ।

कोभिड—१९ संकटका कारण अप्ठ्यारोमा परेका मजदूरलाई क्लबले चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती वितरण गरेको हो ।

हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महाँकाल, नागार्जुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु क्षेत्रका दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको जनाएको छ ।

उसले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र फ्रेन्डस् संगठनहरुसँग साझेदारी गरी खाद्यान्न वितरण गरेको हो ।

प्रारम्भमा ३ सय परिवारलाई लक्षित गरे पनि सहयोगी व्यक्ति तथा संस्थाहरुको सदासयताका कारण २ हजार ४ सय भन्दा बढी परिवारसँग क्लब पुगेको पनि उसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here