अवैतनिक वाणिज्यदूतको नीलो प्लेट खोसियो, एकको गल्तीको सजाय सबैलाई

काठमाडौं, २६ चैत । अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन नपाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट र अफिसियल झण्डा प्रयोग गर्न पाउने छैनन् ।

एकजना अवैतनिक दूत गैरकानूनी कार्यमा संलग्न भएको र आफ्नो सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले अर्को सूचना नआउँदासम्मका लागि ती सुविधा खोस्ने निर्णण गरेको बताएको छ ।

मन्त्रालयले संकेत गरेका ब्यापारी शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल हुन् । उनी नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूत हुन् । चीनमा निर्मित थर्मल गनको कालोबजारी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो ।

कोरोनाभाइरसको उपचारमा प्रयोग हुने सो गनको बजार मूल्य रु. ३ हजार ५ सय मात्र भए पनि अग्रवालले १५ हजार रुपैयाँमा बेचेको महानगरीय प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here