टेलिकमले दिने सुविधाको अवधि पनि बढ्यो,८ दिनमा के-के पाईन्छ सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले विभिन्न अफरको समयावधि बढाएको छ । ग्राहकलाइ पर्न जाने समस्यालाई मध्यनजर गर्दै यो अवधि बढाएको हो ।

भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरहरु बैशाख ४ गते सम्म प्रयाग गर्न सकिने छ ।

नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले पनि उक्त अफरको अवधि थप गरेको जनाएको छ ।

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सयमा १ रुपैयाँ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्ने सर्त राखेको छ ।

यसैगरी दोश्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र ग्क्क्म् बाट खरिद गर्न सकिन्छ । खरिद गर्न एक्स्ट्रिक १४१५ ह्यास ह्यास डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् । साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलाई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा रु. ५ सयसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मत गरेको थियो ।

हाल २ वर्षको सम्झौता अवधि समाप्त भएको अवस्थामा ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा ती स्थानहरुमा समयावधि समाप्त भइसकेका इन्टरनेट सेवाको समयावधि मिति २०७६ चैत २३ गतेदेखि २ महिना निःशुल्क थप गर्ने निर्णय गरिएको टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here