कोरोनाले ज्यान गुमाउनेको संख्या साढे ८८ हजार पुग्यो, ८२ हजार बढी बिरामी थपिए

काठमाडौं, २७ चैत । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ। कोरोनाबाट विश्वभर ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ ।

तथ्याङ्क अनुसार बुधबार एकैदिन कोरोना भाइरसको संक्रमणका कारण ६ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ भने ८२ हजार २ सय ६२ जना नयाँ बिरामी थपिएका छन्।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्।

अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here