एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य

काठमाडौं, २७ चैत । वर्ल्ड रेमिट र अर्बिट रेमिट विश्वका विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट विश्वका अधिकांश सहर लकडाउनको अवस्थामा छन् ।

यस्तो अवस्थामा एनआईसी एशियाले बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तलाई पैसा पठाउन मिल्ने व्यवस्था गरेको छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । जसबाट ग्राहक महानुभावहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्छन् ।

यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् ।

यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

यस विपतको घडीमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here