मोटरसाइकल र निजी सवारीमा घर जान नपाइने, गाडीको व्यवस्था सरकारले गर्ने

काठमाडौं, २७ चैत । लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।

तर निजी सवारी चलाउन भने पाइने छैन् । सरकारले नै निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी साधनमा घर जाने व्यवस्था मिलाउनेछ ।

त्यसका लागि कोरोना संक्रमण रोक्ने गरि दुरी व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले उपत्यका बाहिरबाट उपत्यका छिर्न पाइनेछैन् । ‘सरकारले घर जाने व्यवस्थापन गर्छ, सरकारले तोकेको सवारी साधनमा तोकेको मापदण्ड पुरा गरेर मात्रै घर जान पाइन्छ’, उप प्रधान तथा रक्षा मन्त्रीका एक सहयोगीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here