अमेरिकामा कोरोना संक्रमित संख्या ५ लाख नाघ्यो, एकैदिन ३५ हजार संक्रमित

काठमाडौं, २९ चैत । अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार शुक्रबार मात्र अमेरिकामा ३५ हजार पाँच सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए भने दुई हजार ७४ जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो ।

साथै यसबाट समग्र मृत्यु हुने मानिसको संख्या पनि १८ हजार सात सय ६९ पुगेको छ ।

कोरोना भाइरसबाट एकैदिनमा मृत्यु हुनेको यो संख्या अमेरिकामा अहिलेसम्मकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here