हिरोको फेमिली स्कुटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा

काठमाडौं ३ वैशाख । हिरो मोटोकर्पको नेपालस्थित आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजिएम)ले नेपाली बजारमा ‘डेस्टिनी १२५’ स्कुटर भित्र्याएको छ ।

कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी १२५ सीसीको स्कुटर सार्वजनिक गरेको हो ।

कार्यक्रममा एनजिएमका अध्यक्ष अभिक ज्योतीले स्कुटरले उत्कृष्ट क्षमता भएको यस स्कुटरले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

आई ३ एस प्रविधि युक्त ‘डेस्टिनी १२५’लाई कम्पनीले फ्यामिली स्कुटरको रुपमा बजारमा उतारेको छ । नेपाली बजारमा स्कुटरको मुल्य २ लाख ६ हजार रुपैयाँ मुल्य तोकिएको छ ।

रातो, सेतो, कालो र चेस्टनट ब्रोन्ज रंग गरी ‘डेस्टिनी १२५’ चार रंगमा उपलब्ध हुने पनि जनाइएको छ ।

स्कुटरमा डिजिटल एनलग स्पिडोमिटर, साईड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यु लगायतका स्मार्ट फिचर्स रहेको पनि कम्पनीले जनाएको छ ।

यसअघि नै नेपाली बजारमा हिरोको ११० सीसीका स्कुुटर प्लेजर, माइस्ट्रो र ड्युट गरी तीन थरी मोडल उपलब्ध छन् ।

भारतमा मुख्यालय भएको हिरो मोटोकर्प विश्वकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here