कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार, संक्रमणको उच्च दर अमेरिकामा

काठमाडौं, ३० चैत । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७० जना पुगेको छ ।

विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ८० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ४ लाख ४ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन्।

पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ।

त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ। अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार आठ सय पुगेको छ। अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here