काठमाडौं, ३० चैत । नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास नै बिक्री सुरु गरेको छ ।
बुधबार बसेको निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार निगमले आइतबारबाट(चैत ३० ) देखि भरी १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको थियो ।
बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै आयल निगमले चैत १६ गते आइतबार दिउसो १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो।
आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।