नेपालमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, ३० चैत । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारले औपचारीक रुपमा जानकारी भने दिइसकेको छैन ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । धर्मगुरु भनिएका तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here