बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला

काठमाडौं, ३० चैत । लकडाउनका कारण बन्द बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन्।

तेस्रो त्रैमासको अन्तिम दिन सरकारी राजस्व तथा बैंक ऋण भुक्तानीका लागि सबै बैंकका शाखा कार्यालय खुलेका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना र त्यसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण बैंकको काम सुचारु रहेपनि सबै शाखाहरु भने सञ्चालनमा थिएनन् ।

लकडाउनका बेला पनि बैंकले आलोपालो कुनै न कुनै शाखाबाट सेवा प्रदान गरिरहेका थिए ।

बैंक तथा वित्तीय संस्थाले मातहतका कर्मचारीलाई परिपत्र गरेर आइतबार सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो।

आइतवार २०७६ सालको अन्तिम दिन समेत रहेको छ । सोमवारबाट अर्को साल शुरु हुने तथा आवको तेस्रो त्रैयसमाका सम्पूर्ण हिसाबकिता (क्लोजिङ) का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको हुन् ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी सहुलियत प्याकेज घोषणा गरेको छ । साथै चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

राष्ट्र बैंंकले घोषणा गरेको प्याकेज अनुसार ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन रहेको पनि बैंकर्स संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here