राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठद्धारा पदबहाली

काठमाडौं, ३० चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन्।

शनिबारदेखि लागू हुनेगरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका थिए । उनले पदबहाली गर्दै बैंकको आव २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन्।

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here