कोरोना रोकथाम कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख सहयोग

काठमाडौं, ३० चैत । कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग रकम उपलब्ध गराएको छ ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवार भेटी हस्तान्तरण गरेका हुन् ।

यसवाट कोरोनाभाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here