कोरोना रोकथाम कोषमा पूर्वराजाले घोषणा गरेको दुई करोड जम्मा

काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गरेका छन् ।

शाहकै घोषणाअनुसार हिमानी कोषका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

पूर्व राजा शाहाले केही दिन अगाडि विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कोरोना विशेष राहात कोषमा जम्मा गर्ने गरी हिमानी कोषलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

रकम हस्तान्तरणपछि जारी विज्ञप्तिमा भनिएको छ “मानव जगतकै अस्तित्वमा चुनौतीको रुपमा आएको यस महामारीबाट विश्वका राष्ट्रहरु एक प्रकारले सम्बन्ध विच्छेदको अवस्थामा छन ।

कोरोनाको यो स्थितिबाट विश्वमा जति मानिसको स्वास्थ्यमा असर गरेको छ, त्यति नै विश्व अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव परिरहेको छ ।

एकातिर महामारीको त्रासले आम नेपाली नागरिकहरु विक्षिप्त र संत्रासमा छने अर्कोतिर उनीहरु गास, बास र कपासको जोहो गर्ने समस्याबाट समेत आक्रान्त छन् । यस्तो विषम् परिस्थितिसँग जुध्न हातेमालो गर्दै नेपाल सरकारले सहयोग पु¥याउने हेतुले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमाी कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै छ ।

महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ, उक्त रकम नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महसुस गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here