माहाकाली नगरपालिकालाई कुमाल दाजुभाईद्धारा नगद तथा खाद्यान्न सहयोग

पप्पु गुरुङ्ग- दोधारा, ३० चैत । कोरोना भाईरसबिरुद्ध लड्नका लागि माहाकाली नगरपालिकालाई स्थानीय स्तरबाट सहयोग आईरहेको छ ।

माहाकाली नगरपालिकालाई कुमाल भाईद्धारा माहाकाली नगरपालिकालाई झण्डै रु. ७१ हजार बराबर नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

माहाकाली नगरपालिका निवासी तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनले दाई तथा मुनलाईट हार्डवेयरका प्रपोराईटर कल्लु कुमालले माहाकाली नगरपालिकालाई २० पेटी चाउचाउ, २० पेटी बिस्कुट र नगद रु. ५० हजार हस्तान्तरण गर्नुभएको छ ।

दुबैले माहाकाली नगरपालिका कार्यालयमा पुगी माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारलाई उक्त नगद तथा जिन्सी समान हस्तान्तरण गर्नुभएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ ।

हस्तान्तरणमा दाता तथा नेकपा माहाकाली नगरपालिकाका नगर सचिव भिम कुमालले लकडाउको समयमा बिपन्न बर्गमा पर्न गएको समस्या तथा उनिहरुलाई राहत स्वरुप आफुहरुले उक्त रकम तथा खाद्यान्न दिने ईच्छा जागेर आएको हुदा सहयोग गरेको बताए ।

माहाकाली नगरपालिकामा रहेका आर्थिक अवस्था दैनिय र लकडाउनको कारण घरमा चुल्हा जलाउन समेत समस्या पर्दै आएकाहरुलाई सबै मिलेर सहयोग गर्ने बेला आएको उनको भनाई रहेको छ ।

‘बिपन्नहरुलाई माहाकाली सरकारले खाद्यान्न बितरण गर्न हाम्रो अनुरोध छ्’ दाता तथा नेकपा माहाकाली नगरपालिकाका नगर सचिव भिम कुमालले भने ।

यस्तो बिपद्को घडीमा नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनको दाई तथा मुनलाईट हार्डवेयरका प्रपोराईटर कल्लु कुमालले ब्यक्तीगतरुपमा गरेको सहयोगलाई स्थानियबासीहरुले प्रशंसनिय कार्य भएको बताएका छन् ।

विश्वभर महामारीमा रुपमा फैलिएको नोभेल कोरोना भाईरसका कारण विपद् परेका एवम् दैनिक छाक टार्ने समस्या झेलिरहेका, गरिब, बिपन्न, असाय, खान लाउन नपुगेका, बिहान बेलुकी छाक टार्न समस्या खेपीरहेको अवस्थामा स्थानिय सरकार (नगरपालिका) सघाएको भन्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दुबै भाईहरुलाई धन्यबाद दिदै यस्तो घडीमा ब्यक्तीगतरुपमा गरेको सहयोग माहाकाली नगरपालिकाले उच्च मुल्यांकन गर्ने समेत बताए ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले कोरोना भाईरस बिरुद्ध माहाकाली नगरपालिकालाई प्राप्त सहयोग साथ समर्थन गर्ने सहयोगीहरु प्रति आभार प्रकट गर्नुभएको छ् । उनले लकडाउन प्रभावकारी कार्यान्वयनका लागि समेत नगरबासीमा अपिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here