भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, एकै दिन ४३ को मृत्यु

काठमाडौ, १ बैशाख । भारतमा कारोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ।

कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९ हजार २०५ पुगेको छ। आइतबार एकै दिन ४३ जनाको मृत्युभएसँगै मृतको संख्या ३ सय ३१ पुगेको छ ।

आइतबार एकै दिन त्यहाँ ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउनको अवधि बढाउने घोषणा गरेको छ। सम्भवत आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको लकडाउनको घोषणा गर्नसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा बढ्दै गएको संक्रमणको प्रभाव नेपालमा पनि पर्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here