र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ

काठमाडौं, १ बैशाख । र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ आएको छ ।

लकडाउनअघि तीर्थयात्राका लागि भारत पुगेर फर्केकी महिलाको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा राखिएको थियो।

र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पिसिआर मेसिन मार्फत गरिएको परीक्षणमाको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ ।

गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here