लकडाउनको अवधिभर महानगरले नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं, १ बैशाख । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपालसँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले हस्ताक्षर गरेको सम्झौतामा सोमबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेछ । पाँच ओटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् ।

त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । काठमाडौं महानगरको सीमाबाट दुई किमिभन्दा बढी दुरी जानुपरेमा बिरामीले आवश्यक शुल्क तिर्नु पर्ने प्रावधान राखिएको छ ।

बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिनका लागि महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here