साउदीका नेपाली कामदार अर्को हप्ता नेपाल आउन पाउने संभावना

काठमाडौं, १ बैशाख । साउदी अरबबाट नेपाल आउन चाहने कामदारहरु अर्को हप्ता नेपाल आउन सक्ने संभावना देखिएको छ ।

रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।

घरफिर्ति केन्द्रहरुमा नेपाली नागरिकहरुको चाप बढ्दै गएपछि दूताबासले केन्द्र प्रमुखहरुसँग जुनसुकै हवाइ मार्गबाट भए पनि स्वदेश पठाइदिन अनुरोध गरेको हो ।

साउदीमा कोरोनाभाइरसका संक्रमित बढेपछि उसले पूर्वी क्षेत्रको महत्वपूर्ण ब्यापारिक शहर दम्माम नजिकको कातिफमा आवतजावत बन्द गरेको छ । त्यसै गरी उसले सोमबारबाट युरोपेली संघका सदस्य मुलुक, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, सुडान, दक्षिणी सुडान, इरिट्रिया, केन्या, जिबुटी र सोमालियासँगको हवाई सेवा बन्द गरेको छ ।

तर, साउदी नागरिक र त्यहाँको मान्य भिसा भएका विदेशी नागरिकहरु ७२ घण्टाभित्र साउदी आउन पाउनेछन् ।

दूताबासले नेपाली नागरिसम्बन्धी सेवा सुचारु रहने बताएको छ । साथै, राहदानीको म्याद छ महिनाभन्दा बढी भएको अवस्थामा पुनः श्रम स्वीकृतिको सिफारिस र नियमित कन्सुलर तथा परामर्श सेवा लिनका लागि समूह बनाएर नआउन अनुरोध गरेको छ ।

त्यस्तै, बहिर्गमन भिसाको सेवा हरेक शुक्रबार दिइंदै आएकोमा हालका लागि सो पनि बन्दा गरिएको छ ।
रुघाखोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रश्वासमा कुनै समस्या देखिएमा त्यहाँको सरकारले तोकेको साउदी सेण्टर फर डिजिज प्रिभेन्सन तथा नियन्त्रणमा जान पनि नेपालीहरुलाई दूताबासले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here