कोरोना संक्रमित भेटिएपछि सनसिटी अपार्टमेन्ट सिल

काठमाडौं, १ बैशाख । पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशासनले सिलबन्दी गरेको छ।

हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशानले ५ वटा टावर रहेको अपार्टमेन्टमा सिलबन्दी गरेको

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

काठमाडौंमा एकैपटक ३ जना एउटै परिवारका व्यक्ति संक्रमित फेला परेको यो पहिलो घटना हो। सनसीटीमा फेला परेका ३ जना बेलायतबाट आएको परिवार हो।

उनीहरुको स्वाबको थप परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्रसासनले पुर्‍याउने प्रवन्ध गरिने तयारी छ। यसका लागि स्थानिय नगरपालिकासँग समन्वय गरिने बताइएको छ।

५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हाइप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here