कोरोना संक्रमण एसियामा बढ्दै, भारतमा संक्रमित १० हजार नाघ्यो

काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको छ। बढी प्रभावित युरोप र अमेरिकामा यसका नयाँ विरामी थपिने क्रमः घट्दो छ। केही एसियाली देशमा भने कोरोना संक्रमित बढ्ने क्रममा रहेको छ।

भारतमा सोमबार कोरोना भाइरसका नयाँ संक्रमित ह्वात्तै बढेका छन्। सोमबार एकैदिन भारतमा १ हजार २ सय ४८ जनामा कोरोना भाइरसका संक्रमण भएको पाइएको छ। सोही दिन भारतमा २७ जनाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ४ सय ५३ पुगेको छ। कोरोनाकै कारण हालसम्म भारतमा ३ सय ५८ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here