‘कोरोना स्वाइन फ्लुभन्दा १० गुणा घातक, बिना भ्याक्सिन पूर्ण रुपमा रोक्न सकिँदैन’

काठमाडौं, २ बैशाख । विश्वकै त्रास फैलाइरहेको कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको तथ्य सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनास्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको तथ्य सार्वजनिक गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।

डा.टेड्रोसले बिना खोप कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने स्पष्ट पारे ।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले २००९ मा फैलिएको स्वाइन फ्लुको तुलनामा कोरोना भाइरस १० गुणा बढी घातक रहेको बताए ।

उनले भने, ‘हामीलाई कोभिड–१९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ मा फैलिएको स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वमै फैलिरहेको छ। यसबाट हालसम्म १९ लाख बढी संक्रमित रहेका छन् भने १ लाख १९ हजार बढीको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here