मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ बैशाख । मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेदाँ प्रधामन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो ।

बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।

सरकारले तेस्रो पटक बढाएको ‘लकडाउन’ अवधि बुधबार सकिँदै छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत ११ चैतबाट ‘लकडाउन’को घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here