एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ ।

दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेल्सबेरी मेरो किराना तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट, क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ तथा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकले उक्त छुट पाउन सकिनेछ । लकडाउनको अवधिमा ग्राहकलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस भनि बैंकले उक्त समझदारी गरेको हो ।

साथै मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा सेवा शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ । साथै बैैकका ग्राहकले मोबाइल बैंकिङ तथा डेबिट-क्रेडिट कार्ड प्रयोग गरि नेपालभरका २५ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here