सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ बैशाख । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

अस्पताल स्रोतका अनुसार छोरा बुहारीको टेस्ट पोजेटिभ देखिएको हो। बाँकी एक जनाको रिर्पोट आउन बाँकी छ।

उनीहरु गत चैत ४ गते बेलायतबाट कतार एयरवेजको विमानमा नेपाल आएका थिए। सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाव संकलन गरिएको थियो।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि उनीहरुलाई प्रहरीको टोलीले सोमबार अपरान्ह पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिदिएको थियो। तीनैजनाको अहिले पाटनकै आइसोलेसनमा उपचार भइरहेको छ।

सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु गत ५ चैत गते बेलायतको लण्डनबाट आएका हुन् ।अपार्टमेन्टमा बस्‍ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि उक्त बिल्डि‌ङ परिसरलाई नै प्रहरीले लकडाउन गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित संख्या १६ पुगेको छ। सोमबार दुई जनामा कोरोना संक्रमण भेटिएको थियो भने आइतबार तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here