यस्तो छ २५ लाख रुपैयाँ पर्ने सुजुकीको नयाँ वागन आर

नेपालको लागि सुजुकी गाडीको अधिकृत बिक्रेता सिजी मोटोकर्पले वागन गाडीको नयाँ भर्सन गाडी वागन आर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार ललितपुरको धोबिघाटमा सुजुकीको नयाँ सोरुम सहित सुजुकीको वागन आर गाडी सार्वजनिक गरेको हो । उक्त स्टेट अफ आर्ट सोरुम अब सुजुकीको नेपाल स्थित मुख्य सोरुमको रुपमा रहने छ ।

सिजी मोटोकर्पका निर्देशक करन चौधरीका अनुसार फिफ्थ जेनेरेसनको हर्टटेक्ट प्ल्याटफर्ममा निर्माण गरिएको नयाँ वागन आरको डिजाइन आकर्षक हुनुका साथै विभिन्न विलासी सुविधा जडित रहेको छ ।

सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर गाडीको डिजाईन गरिएको कम्पनीले जनाएको छ । गाडीमा एचभिएस, एबीएस, ईबीडी जस्ता फिचरहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमा नयाँ वागन आरको मुल्य २४ लाख ९९ हजार देखि सुरु भएर २७ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here