कोरोनाभाइरसका बिरामीलाई रोबोटले खाना सर्भ गर्ने

काठमाडौं, २ बैशाख । कोरोनाभाइरसका बिरामीलाई खाना पुर्याउने रोबोटको काठमाडौंमा सफल परीक्षण भएको छ ।

रोबोटिक्स एशोसिएशन अफ नेपालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा यो रोबोटको सफल परीक्षण गरेको हो ।

यसले आइसोलेशन वार्डमा राखेका बिरामीहरुलाई खाना आपूर्ति गर्ने काम सहज हुने बताइएको छ । यसले कोभिड–१९ का बिरामीहरुसँग नर्सहरुलाई प्रत्यक्ष सम्पर्क गर्नबाट पनि जोगाउने छ ।

रोबोटिक्स नेपालका टीम लिडर पृथ्वी चौधरीले कसरी रोबोटले खाना विरामीको बेडसम्म लैजान्छ भन्ने प्रदर्शन गरेका थिए । सो अवसरमा नर्सहरुलाई रोबोट सञ्चालन गर्नेबारे तालीम पनि दिइएको थियो ।

सो रोबोटलाई स्वचालितरुपमा स्टेरिलाईज (किटाणुरहित) गर्न सकिन्छ ।
एशोसिएशनले ड्रोन र्यापिड रेस्पोन्स टीम कोभिड –१९, एयर भेण्टिलेटर र नेपाल इन्नोभेशन म्यापर टुल पनि बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here