काठमाडौं, २ चैत । भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २११ संक्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार ३६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ३३९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३१ जनाको मृत्यु भएको छ ।