र्‍यापिड टेस्टबाट परीक्षण गर्दा काभ्रेमा दुई जनाको रिपोर्ट ‘पोजिटिभ’

काठमाडौं, २ बैशाख । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ ।

बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। भने अर्का एक भारतबाट फकिएका थिए । ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here