अमेरिकामा कोरोना भाइरसबाट क्रिस्चियन धर्मगुरुको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट क्रिस्चियन धर्मगुरुको मृत्यु भएको छ।

न्युयोर्क टाइम्सले जनाए अनुसार भर्जिनियास्थित न्यु डेलिभरेन्स इभानजेलिस्टीक चर्चका बिसप जिराल्ड ग्लेनको कोरोनाको संक्रमणपछि मृत्यु भएको हो ।

आफूले सरकारको नियमको पालना नगर्ने बताउँदै म पूर्ण रुपमा यो विश्वास गर्छु कि भगवान कुनैपनि भाइरसभन्दा ठूला छैनन् भन्दै उनले सरकारको उपाय पालना गरेका थिएनन् ।

भर्जिनियाको सरकारले गत मार्च २२ मा कोरोनाविरुद्ध बच्नका लागि भेला र भिड नगर्न, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न, सरसफाइमा ध्यान दिन सबैलाई सुझाव दिएको थियो।

अप्रिल ४ मा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here