कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब १ करोड जम्मा

काठमाडौं, ३ बैशाख । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ जम्मा भएको छ।

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

मंगलबार हिमालय एयरलाइन्सले १ कारोड जम्मा गरेको छ। त्यस्तै सनलाईफ इन्सोरेन्सले ३० लाख १ हजार रुपैया कोषमा जम्मा गरेको छ।

नेशनल माइक्रो फाइनानान्सले १० लाख रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

कोषमा १ लाख भन्दा कम रकम जम्मा गर्ने र नाम नखुलेका विभिन्न व्यक्तिहरुले १ करोड ३८ लाख रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here