वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं, ३ चैत । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

निगमका तत्कालीन महाप्रवन्धक मदन खरेलले राजीनामा दिएपछि खाली रहेको कार्यकारी पद अब घिमिरेले सम्हाल्नेछन् ।

पर्यटन मन्त्रालयको प्रस्तावमा उनी अध्यक्ष नियुक्त भएका हुन्। उनी पूर्वपर्यटन सचिव हुन् । यसअघि उनलाई निगम सुधार कार्यदलको संयोजक बनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here