कोरोनाबाट मर्नेको संख्या १ लाख ३४ हजार नाघ्यो, संक्रमितको संख्या २१ लाख नजिक

काठमाडौं, बैशाख ४ । कोरोना भाइरस विश्वभर मर्नेका १ लाख ३४ नाघेको छ । संक्रमितको संख्या संख्या २१ लाखको नजिक पुगेको छ ।

तथ्याङ्कअनुसार बुधबारसम्म विश्वभर २० लाख ८२ हजार ८ सय ८१ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ। बुधबारसम्म विश्वभर १ लाख ३४ हजार ६ सय ३ जनाले कोरोना कारण ज्यान गुमाएका छन्।

संक्रमितमध्ये हालसम्म ५ लाख १० हजार १ सय २९ जना उपचारपछि निको भई घर फर्केका छन् अहिले विश्वभर १४ लाख ३८ हजार १ सय ४९ जना कोरोनाका बिरामी उपचारत छन्। उपचारतमध्ये ५१ हजार १ सय ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने भने १३ लाख ८७ हजार ७ जनाको अवस्था सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here