कोरोनाबाट मृत्यु भए परिवारलाई २ लाख दिने लगानी कोषको घोषणा

काठमाडौं, ४ चैत । नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको कोषको सञ्चालक समितिको बैठकले कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने पनि बताएको छ ।

गत चैतदेखि २०७७ असारसम्मको व्याज असार मसान्तभित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here