प्रतिब्यक्ति ३ सयमै कोरोना बीमा, संक्रमण हुने वित्तिकै दाबी पाउने !

काठमाडौं, ४ बैशाख । बीमा समितिले कोरोना भाइरस (कोभिड- १९) बीमा लेख जारी गरेको छ।

समितिले बिहीबार निर्देशन जारी गर्दै कोभिड-१९ बीमा लेखको ब्यवस्था गरेको हो। निर्जीवन बीमा कम्पनीहरुको बीमा पुलमार्फत बीमा लेख जारी हुने छ।

समितिले ‘क’ र ‘ख’ गरेर दुई वटा बीमा लेख तयार पारेको हो। ‘क’ वर्गको बीमा लेखको बीमाङ्क रकम एक लाख रुपैयाँ रहेको छ भने ‘ख’ वर्गको बीमा लेखको बीमाङ्क रकम एक लाख रुपैयाँ रहेको छ।

विशेष गरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले दुई श्रेणीको कोरोना बीमालेख जारी गर्न निर्देशन गरिएको हो ।

क वर्गको एक लाख रुपैयाँको बिमाङ्क हुने छ। ब्यक्तिगत रुपमा बीमा गर्दा प्रति ब्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने छ। परिवारका सम्पूर्णको गर्दा प्रति ब्यक्ति ६ रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ।

ख वर्गको बीमाङ्क रकम ५० हजार रुपैयाँ हुन् छ। यसको प्रति ब्यक्ति बिमाङ्क ५०० रुपैयाँ हुने छ। परिवारकै गर्ने भए प्रति ब्यक्ति ३०० रुपैयाँ लाग्ने छ।

दावीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ। पिसिआर टेस्ट पोजेटिभ हुने बित्तिकै दावी योग्य हुने बीमा समितिले जनाएको छ ।

कोरोना भाइरस बीमाको व्यवस्थापन लघु बीमा अन्तरगत लघु बीमा पुल मार्फत गरिने र उक्त बीमालेखहरु जारी गर्दा कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशन पौडेलले आज जारी गरेको निर्देशनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here