बाग्लुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ

काठमाडौं, ४ बैशाख । बाग्लुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ आएको छ ।

धौलागिरी अञ्चल अस्पताल उपचार महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६५ वर्षीया महिलाकोरोना संक्रमित भेटिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो।

अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ। चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने तयारी गरिएको स्रोतले जनाएको छ ।

महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here