भिड कम गराउन नयाँ रणनीति, अब पार्टी प्यालेसबाट तरकारी

काठमाडौं, ५ बैशाख । भिडभाडका कारण कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएपछि सरकारले नयाँ रणनीति अपनाएको छ ।

कालीमाटी तरकारी बजार बन्दभएपछि मर्कामा परेका उपभोक्ता तथा व्यापारीको लागि नयाँ नीति अपनाएको छ ।

काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं,कालिमाटी फलफूल तथा तरकारी बजारले विभिन्न ११ वटा ठाउँमा अस्थायी बिक्री केन्द्र तोकेर तरकारी बेच्न निर्देशन दिएपनि व्यापारीले जान नमानेपछि पार्टी प्यालेसबाट बिक्री वितरण थालेको छ ।

कालीमाटी, बाफल,स्वयम्भू चोक, वनस्थली, वसुन्धरा, गोपिकृष्ण हल नजिकैका पार्टी प्यालेसमा बिक्री थालिएको हो।

त्यस्तै बल्खुका तरकारी व्यवसायीहरुले कोटेश्वर, रत्नपार्क, लैनचौर, तीनकुने क्षेत्रमा रहेका पार्टी प्यालेसमा बिक्री थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति स्रोतले जनाएको छ ।

सुरुमा स्थानीय प्रशासनले विभिन्न ११ वटा ठाउँमा अस्थायी बिक्री केन्द्र तोकेको थियो।

तर, त्यहाँ बिक्री गर्न असहज भएपछि केही व्यापारीले बिक्री नै बन्द गरेका थिए। केही व्यापारी कालिमाटी तरकारी बजारमा नै फर्किएका थिए।

व्यापारीका लागि पानी,बिजुली शैचालयको अवश्यक देखेर पार्टी प्यालेसको बाहिरी क्षेत्रबाट तरकारीको बेचबिखन थालेको जनाइएको छ । लकडाउनको समयमा कालीमाटी तरकारी बजारमा भिड बढेपछि स्थानीय प्रशासनले तरकारी बिक्री गर्न रोक लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here