डब्लुएचओको अपिल-‘वन्यजन्तुको मासु बिक्रीमा प्रतिवन्ध लगाउ’

काठमाडौं, ६ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ ।

डब्ल्यूएचओको प्रमुख डा। टेड्रोस अधानम घेब्रेयससले सबै देशका सरकारलाई कोरोना भाइरसको महामारीलाई ख्याल गर्दै वन्यजन्तुको मासु बिक्रीमा प्रतिवन्ध लगाउन माग गरेका हुन् ।

कोराना भाइरसको सरुवात चीनको वुहान सहरको सी फुड मार्केटबाट भएको अनुमान गरिँदै आएको छ। प्यांगोलिन वा चमेराको मासुबाट कोरोना भाइरसको संक्रमण सुरु भएको अनुमान गरिँदै आएको छ।

डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।

सबै नयाँ भाइरसहरु जनावरबाट संक्रमण भएकाले अहिले जनावरबाट संक्रमण रोक्न यस्तो निर्णय गरेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here